नियम ६८
बढुवाको प्रयोजनको लागि सेवा अवधिको गणना
ऐनको दफा २६ बमोजिमको सेवा
अवधि तथा दफा २९ को उपदफा (२) को खण्ड (ख) बमोजिम जेष्ठता वापतको अङ्क
गणना गर्ने प्रयोजनको लागि यो नियमावली प्रारम्भ हुँदाका बखत निजामती सेवाको श्रेणी
प्रणालीबाट ऐन तथा यस नियमावली बमोजिम तह प्रणालीमा मिलान हुने कर्मचारीहरू
निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम जुन जुन
पदमा जुन जुन मितिमा नियुक्ति वा बढुवा भई बहाल रहेका हुन् सोही मितिदेखिनै गणना
गरिनेछ ।